Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • खेलकुदमन्त्री श्रेष्ठले गरे राष्ट्रिय एन्टी डोपिङ एजेन्सी गठन

    खेलकुदमन्त्री श्रेष्ठले गरे राष्ट्रिय एन्टी डोपिङ एजेन्सी गठन

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 204
    SHARES

    काठमाडौं । राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा)को गठन भएको छ ।

    युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार समिति गठन गरेका हुन् ।



    यस एजेन्सीले खेल क्षेत्रमा प्रतिबन्धित लागूषधिको प्रयोगलाई नियमन गर्ने र यस संस्थाले अन्तर्राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको सिद्धान्तलाई प्राथमिकतामा राख्दै काम गर्ने गर्छ ।



    हाल यस समितिको संयोजकमा डा. अशिम भण्डारी छन् । उनलाई यसअघिको मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । रिक्त रहेको समिति सदस्यहरुमा नेपाल मेडिकल काउन्सिलको सिफारिसमा डा. विश्वराज दवाडी सदस्य छन् ।

    कानुन क्षेत्रको विज्ञ सदस्यमा अधिवक्ता वीरेन्द्र पाठक र खेल क्षेत्रको सदस्यमा पूर्वराष्ट्रीय खेलाडी विपिनराज वैद्यलाई नियुक्त गरेको हो ।

    राखेपले एकजना एन्टी डोपिङसम्बन्धी जानकार डाक्टर अझै सिफारिस नगरेकाले उक्त स्थान अझै खाली नै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार