Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एनसेल सेयर ब्रिकीको भ्रष्टाचारमा सरकार नै संलग्न रहेको कांग्रेस नेता केसीको दाबी

    एनसेल सेयर ब्रिकीको भ्रष्टाचारमा सरकार नै संलग्न रहेको कांग्रेस नेता केसीको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 453
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले एनसेल सेयर खरिद-बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन् ।

    सामाजिक संञ्जाल फेसबुकमा लेख्दै सांसद केसीले यस्तो बताएका हुन् । ५ वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेल गरेर बेच्न लागेको उनले आरोप लगाए ।



    एनसेलाई सरकारी स्वामित्वमा आउनै नदिने काममा सरकार नै लागेको उनको आरोप छ।



    उनले ५ वर्ष पछि एनसेलको स्वामित्व रहेको सम्पुर्ण जाए जेथा सरकारको स्वामित्व आउने सुनिश्चितता र सर्त गरे मात्रै मोबाइल सेवाको अनुमति नवीकरण गर्न सकिनेू भन्ने सार्वजनिक भएको बताए ।

    सांसद केसीले लेखेका छन्,’हालै एनसेल बारेको सरकारी निर्णय ‘५ वर्ष पछि एनसेलको स्वामित्व रहेको सम्पुर्ण जाए जेथा सरकारको स्वामित्व आउने सुनिश्चितता र सर्त गरे मात्रै मोबाइल सेवाको अनुमति नवीकरण गर्न सकिने भन्ने सार्वजनिक भएको छ। दूरसञ्चार ऐन २०५३ दफा २७ तथा नेपाल दूरसंचार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियामवाली को विनियम ४ बमोजिम आफनो हक हस्तान्तरण वा शेयर खरिद बिक्री गर्दा स्वीकृति लिनु पर्ने स्पष्ट व्यवस्था छ। तर यसो भयेको छैन। सो ऐनको धारा ३३ अनुसार ५०% भन्दा बढी विदेशी व्यक्ति या सङ्गठित संस्था को लगानी भएको दूरसञ्चार सेवाको सम्पुर्ण जायजेथा २५ वर्ष पछि कानुनतः स्वतः राज्य को सम्पत्ति मा परिणत हुन्छ। यसमा कसै सँग सर्तनामा र सुनिश्चित गर्नुपर्ने देखिन्न।

    नियामक निकाय दूरसञ्चार प्राधिकरणले एनसेलको पछिल्लो शेयर-खरिद बिक्रीलाई मान्यता प्रदान नगर्ने निर्णय गरिसकेको छ र पूर्व स्वीकृति बिना को शेयर खरिद विक्रि का लागि हदै सम्म कानुनी कारवाही को लागी निर्देशन दिएको छ। यसबारे आन्तरिक छानबिन समिति र पूर्व महालेखा परीक्षक टंकमणि शर्मा को संयोजकत्व गठित समिति ले पनि एनसेल शेयर खरिद बिक्री कारोबार स्वीकार गर्न नमिल्ने स्पष्ट छ।’

    सांसद केसीले एनसेल भ्रष्टाचार काण्डमा सरकार संग्लन नभए एनसेलको शेयर विक्रि खारेज गर्नुपर्ने बताए ।

    उनले टंकमणि शर्माको प्रदीबेदन सार्वजनिक गर्न समेत आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार