Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न सकेन, मिलेर खानकै लागि बनेको जस्तो भो : अर्जुननरसिंह

    गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न सकेन, मिलेर खानकै लागि बनेको जस्तो भो : अर्जुननरसिंह

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 441
    SHARES

    नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको आरोप लगाएका छन् । नुवाकोटको थानसिङस्थित वच्छला माविमा बधबार आयोजित कार्यक्रममा केसीले यस्तो बताएका हुन् ।

    उनले हरेक क्षेत्रमा भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको अवस्थामा समेत गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको आरोप लगाए ।



    उनले मिलेर खानकै लागि गठबन्धन बनेको र यो असफल भइसकेको बताए । नेता केसीले दलहरू मिलेर ३० वर्षे पञ्चायत, १०४ वर्षे राणा शासन, २३८ वर्षे राजतन्त्र अन्त्यका लागि गरेको आन्दोलन र संघर्षको मर्मलाई अहिले भ्रष्टाचारले छोपेको गुनासो गरे ।



    यस्तै उनले देशको शिक्षा नीति नै असफल भएको बताए । वर्तमान शिक्षामा समस्या हुँदा युवाहरू विदेशिने समस्या बढेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार