Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जनताको निराशा विद्रोहमा परिणत हुँदैछ : अर्जुननरसिंह केसी

    जनताको निराशा विद्रोहमा परिणत हुँदैछ : अर्जुननरसिंह केसी

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 483
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताको असन्तोष क्रमशः निराशाबाट विद्रोहमा परिणत हुन थालेको बताएका छन्।

    शनिबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।



    नेता केसीले सरकार र राजनीतिक दलहरूले सच्चिएर अब पनि सुशासन कायम गर्न नसके जनताले विकल्प खोज्न सक्ने बताए । नेता केसीले तत्काल बेथिति र विधिहीनताको अन्त्य गर्न पहल लिनुपर्ने धारणा राखे ।



    नेता केसीले भने,‘हरेक दिन तीन हजार युवा बेरोजगारीले विदेश जान बाध्य छ । हरेक दिन २–४ जनाको लास देश फर्केर आइरहेको छ । हिजोमात्रै बालकुमारी दुई युवाले जसरी ज्यान गुमाए, यसले केही त संकेत गर्दैछ, हामीले यसलाई बेलैमा बुझ्न सकेनौँ भने भोलि ठूलो क्षति हुनसक्छ ।’

    बालकुमारी घटनाले जनताको असन्तोष, निराशाबाट क्रमशः विद्रोहतिर अघि बढेको देखाउने उनको भनाइ छ ।

    उनले समयमा नसुध्रिएर क्षति बेहोर्न तयार हुनुपर्ने भन्दै पार्टीलाई आगामी महासमिति बैठकबाट रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार