Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पशुपतिको जलहरी भ्रष्टाचार मुद्दामा सदस्यसचिवसहित तीन जनालाई सफाइ

    पशुपतिको जलहरी भ्रष्टाचार मुद्दामा सदस्यसचिवसहित तीन जनालाई सफाइ

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 321
    SHARES

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार गरेको मुद्दामा तीन जनाले सफाइ पाएका छन् ।

    सदस्यसचिव मिलन थापा, पूर्व सदस्यसचिव प्रदीप ढकाल र स्टोर किपर अरुण कुमार श्रेष्ठलाई बिशेष अदालतले मंगलबार सफाइ दिएको हो ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ मा तत्कालीन कोषाध्यक्ष समेत रहेका सदस्यसचिव थापासहित ३ जनाविरुद्ध जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।



    २०७४ माघ १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा सङ्कल्प पूजा गरेर एक अर्बको जलहरी राख्ने घोषणापछि १०८ किलोको जलहरी राखिएको थियो ।

    त्यसमा सरकारले ३० करोड रुपैयाँ दिने निर्णय गरेको थियो भने पशुपति क्षेत्र विकास कोषले ५० करोड रुपैयाँ थपेर सुनको जलहरी राख्ने निर्णय गरेपछि त्यहीँ शङ्का उत्पन्न भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार