Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पशुपतिनाथबाट निकालियो जलहरी, मन्दिर परिसरमै जोख्ने तयारी

    पशुपतिनाथबाट निकालियो जलहरी, मन्दिर परिसरमै जोख्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जोख्नका लागि जलहरी निकालेको हो ।

    मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगेर जोख्ने काम भइरहेको छ । करिब एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्राटुक्रा पारेर मात्रै निकाल्न सकिन्छ ।



    पशुपतिनाथको जलहरीको सुन निकाल्नुअघि क्षमा पूजा गरिएको थियो। शनिबार पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



    सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार