Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आज शिवालयहरुमा पितृका नाममा महादीपदान गरिँदै

    आज शिवालयहरुमा पितृका नाममा महादीपदान गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 702
    SHARES

    काठमाडौँ । आज मंसिर कृष्ण त्रयोदशी, बालाचतुर्दशी पर्वको अघिल्लो दिन । यस दिन साँझ दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । चतुर्दशीका दिन भने बिहान शतबीज छरेर मनाइन्छ ।

    पशुपतिनाथ मन्दिरका साथै देशभरका शिव मन्दिरहरुमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्ने प्रचलन छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलन गर्न र तोकिएका मुख्य क्षेत्रहरुमा शतबीज छर्ने व्यवस्था मिलाएको बताएको छ ।



    मृतकका परिवारका सदस्यले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर महादीप बालेर भजनकीर्तन गर्ने गर्दछन् । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मृतकका आफन्तले काठमाडौंमा एक सय आठ शिवलिङ्ग, कैलाश, गौरीघाट, गुह्येश्वरी, पशुपति, आर्यघाट, मृगस्थली, किरातेश्वर, विश्वरूप आदि ठाउँमा शतबीज छर्ने गर्दछन् ।



    भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा शतबीज मार्ग र बत्ती बालेर बस्ने ठाउँमा सुरक्षा व्यवस्था, टेन्ट र पार्किङ लगायतका व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार