Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एआईजीद्वय गिरी र राईको सरुवा, ढकाल र जोशीको पदस्थापन

    एआईजीद्वय गिरी र राईको सरुवा, ढकाल र जोशीको पदस्थापन

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 5.2K
    SHARES

    काठमाडौँ । सरकारले नेपाल प्रहरीका दुईजना एआईजीको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीद्वय सुदीप गिरी र टेक प्रसाद राईलाई सरुवा गरेको हो ।

    स्रोतका अनुसार प्रदेश समन्वय विभागमा कार्यरत एआईजी गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ भने मानवश्रोत विकास विभागमा कार्यरत टेक प्रसाद राईलाई प्रशासन विभागमा पठाइएको छ ।



    यस्तै आजै एआईजीमा बढुवा भएका भीम प्रसाद ढकाल र उमेश राज जोशीको पनि पदस्थापन गरिएको छ ।



    एआईजी ढकाललाई मानवश्रोत विकास विभाग र जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार