Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णय [सूचीसहित]

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णय [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 855
    SHARES

    काठमाडौं । बिहीबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

    उक्त मन्त्रिपरिषद्को बैठकले प्रहरी नायवमहानिरीक्षकहरु उमेशराज जोशी र भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको हो ।



    यस्तै यस्तै, अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।



    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु :

    १. प्रहरी नायवमहानिरीक्षकहरु उमेशराज जोशी र भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।

    २. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।

    ३. समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।

    ४. भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार