Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आगामी निर्वाचनमा भाग लिने र माओवादी घटकबीच एकता गर्ने विप्लवको निर्णय

    आगामी निर्वाचनमा भाग लिने र माओवादी घटकबीच एकता गर्ने विप्लवको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 942
    SHARES

    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माओवादी घटकबीच पार्टी एकता गर्ने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा वैशाखको पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । साथै आगामी निर्वाचन उपयोग गर्ने नीति पनि सो पार्टीले अघि सारेको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी दिए ।



    देशको अवस्था निकै तरल र गम्भीर मोडमा रहेको विश्लेषण गर्दै उनले वामपन्थीबिच फराकिलो मोर्चा निर्माण गर्न विचार मिल्नेसँग एकता गर्दै जाने गरी बैठकले निर्णय गरेको जानकारी दिए ।



    साथै वृहत् समाजवादी आन्दोलनलाई सफल बनाउन नेकपाले नेतृत्व गर्ने उनले बताए । देशलाई समाजवादी हुँदै साम्यवादी व्यवस्थामा लैजान तीन वटा विकल्प पनि विप्लवले अघि सारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार