Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विप्लवको उद्घोष – ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाउँछु, उत्पादनमा आत्मनिर्भर हुन्छौं

    विप्लवको उद्घोष – ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाउँछु, उत्पादनमा आत्मनिर्भर हुन्छौं

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 453
    SHARES

    फाइल तस्विर

    कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीलाई चन्दामुक्त बनाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्घोष गरेका छन् ।

    सामूहिक स्याउ खेती गर्न जुम्ला पुगेर कालिकोटको सदरमुकाम मान्ममा पत्रकार भेटघाटमा उनले सो उद्घोष गरेका हुन् ।



    उनले अबको तीन वर्षभित्र पार्टीलाई चन्दामुक्त बनाई उत्पादनमा आत्मनिर्भर बनाउने बताए ।



    उनले भने, ‘अब पार्टीले चन्दा मागेर खाँदैन । ३ वर्षभित्र उत्पादनबाट अरूलाई दिने र खाने पार्टी बनाउँछौँ। जनताको खाएको अब तिर्छौं । हाम्रो पार्टी सत्तामा हैन, कुर्सीमा हैन, कमिसन र घुस मागेर हैन, राज्यको ढुकुटी मासेर हैन, उत्पादन गरेर आफू खाने र गरिब जनतालाई खुवाउने अठोटका साथ यो कार्यको थालनी गरेका छौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार