Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कपिलवस्तुका घुमुवाद्वारा गृहमन्त्रीलाई चुनौती

    कपिलवस्तुका घुमुवाद्वारा गृहमन्त्रीलाई चुनौती

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 10.4K
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले घुमुवा प्रहरीलाई तत्काल हटाउन निर्देशन दिए पनि केही जिल्लामा यसको कार्यान्वयन हुन सकेको छैन । काजमा बसेर तराईका केही जिल्लामा घुमुवाहरूले तस्करीको सेटिङ मिलाइरहेका छन् ।

    कपिलवस्तुमा घुमुवा प्रहरीको आतंक बढेको भन्दै स्थानीयले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी दिएका छन् । अन्यत्र दरबन्दी भएका असई श्याम कुमार चौधरीले जिल्लामा तस्करीको लाइन चलाउनेदेखि व्यवसायीसँग असुली धन्दा गर्दै आएको भन्दै उजुरी परेको छ ।



    रुपन्देही दरबन्दी भएका चौधरी लामो समयदेखि कपिलवस्तुमा बसेर गैरव्यवसायिक गतिविधिमा संलग्न छन् । उनले डिआइजी कुवेर कडायतदेखि सिआइबीका अधिकारीको समेत नाम लिएर व्यापारीलाई असुल्ने गरेका छन् । उनीविरुद्ध पटक पटक उजुरी परे पनि हाकिमहरूले नै जोगाउँदै आएका छन् ।



    कपिलवस्तुका खुनुवा, चाकरचौडा, सुठौली, महाराजगञ्ज, कोटिहवा, गौरा, नाका, रङगपुर, गणेशपुर, शिवालय दोहनी, लकनी, कृष्णनगर, भिल्मी, करहजवा, सिरसिहवा, ठाकुरपुर, विनगर लगायत नाकामा घुमुवा प्रहरी सेट गरिएका छन् ।

    जहाँ असई चौधरीले हवल्दारहरु नरेश चौधरी, सुरेन्द्र रजक, दीपेन्द्र यादव, सहायक हवल्दार किरण हरिजन तगा जवान पशुपति यादवलाई परिचालन गरिएको छ ।

    अन्य जिल्लामा कडाई भएपछि कपिलवस्तुका नाकाहरूबाट तस्करी बढेको छ । कपिलवस्तुका अधिकांश सुन पसलमा अवैध सुनको कारोबार हुने गरेको छ । जसमा दीपक बर्मा भनिने दीपु, मुनु बर्मा, राजेश बर्मा, विनोद बर्मा, अजय बर्मा, रमेश विक लगायत संलग्न छन् । उनीहरूसँग घुमुवा प्रहरीको सेटिङ छ ।

    जयमातादी सुनचाँदी पसल, प्रेम सुनचाँदी पसलमा अवैध सुनको कारोबार फस्टाएको छ । यहाँका अधिकांश सुनचाँदी व्यवसायीको भारतीय भोटर कार्ड छ । दुवैतिर नागरिकता र सम्पत्ति भएका उनीहरू सुन तस्करी लगायत अवैध धन्दामा संलग्न छन् ।

    उनीहरूबाट घुमुवाले मासिक बुझाएर हाकिमलाई बुझाउने गरेको एक स्थानीय व्यापारी बताउँछन् । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयका डीएसपी हरि वलीले नै घुमुवाहरूलाई विभिन्न नाकामा पठाउने गरेका छन् । डीएसपी वलीले एसपीलाई समेत गुहराहमा राखेर तस्करीको लाइन चलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार