Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिने

    कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिने

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने भएको छ ।

    पार्टीको जारी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वैशाख २८ गतेबाट सञ्चालन हुने सदनको बजेट अधिवेशनमा रास्वपा सभापति समेत रहेका लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।



    बैठकमा सहभागी एक पदाधिकारीले दिएको जानकारीअनुसार कांग्रेस लोकतान्त्रिक दल भएकाले कसैको बोल्न पाउने अधिकार कुण्ठित नगर्ने विषयमा छलफल भएको हो ।



    तर, गृहमन्त्री लामिछानेले बोले पनि संसदीय छानबिन समिति नबनेसम्म संसद् बैठक भने चल्न नदिने कांग्रेसले तयारी गरेको छ ।

    कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेलाई संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति माग गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार