Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • खेलकुदमन्त्री श्रेष्ठले भने – खेलाडी, प्रशिक्षक र देशले अब न्याय पाउँछ

    खेलकुदमन्त्री श्रेष्ठले भने – खेलाडी, प्रशिक्षक र देशले अब न्याय पाउँछ

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 276
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो मन्त्रालयले सोमबारदेखि एक्सन थाल्ने बताएका छन् ।

    वर्तमान सन्दर्भमा रास्वपाको रणनीतिक विषयमा छलफल कार्यक्रममा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले खेलकुदभित्र फैलिएको जरा तोड्नेगरी काम गर्ने बताए ।



    मन्त्री श्रेष्ठले भने, ‘हामीले खेलकुद मन्त्रालयमा धेरै काम सुरु पनि गरेका छौं । अब सोमबारदेखि धेरै एक्सनहरु पाउनुहुनेछ । त्यो पनि गर्दैछौं । गृहमन्त्रीज्यूले सार्वजनिक जग्गाको कुराहरु गर्नुभएको छ । खेलकुदमा पनि स्काउटका धेरै सार्वजनिक जग्गा लुटेर बसेका रहेछन् मान्छेहरु। पैसा पनि नदिने, अदालतमा मुद्दा हाल्ने र स्टे अडर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् । राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ । खेलकुदमा राजनीति त जराजरामा घुसेको रहेछ ।’

    उनले खेलाडी, प्रशिक्षक र देशले अब न्याय पाउने बताए । खेलकुदमन्त्री श्रेष्ठले पार्टी सरकारमा भएपछि अब पार्टीले थालेको मिसन २०८४ सम्म नथाक्नेगरी काम गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार