Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी

    बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 336
    SHARES

    काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि बालुवाटारमा सत्तारुढ दल र नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेको वार्तामा कांग्रेस नेताहरुको इन्ट्री भएको हो ।



    नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।



    नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर संसद अवरोध गरिरहेको छ ।

    नेकपा एमालेका अध्यक्ष ओली र गृहमन्त्री लामिछाने संसदीय छानबिन समिति गठन गर्न नहुने पक्षमा छन् ।सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेससँग छलफल गरेका थिए ।

    सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोक्ने पक्षमा छैन । अहिले संसदीय छानबिन समितिको क्षेत्राधिकारको विषयमा छलफल भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार