Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्ष बार्कलेबीच भेटवार्ता

    खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्ष बार्कलेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 282
    SHARES

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी अध्यक्ष ग्रेग बार्कलेबीच छलफल भएको छ।

    अध्यक्ष बार्केल र मन्त्री श्रेष्ठबीच सिंहदरबारमा त्रिवि मैदानको फ्लड लाइट, आइसिसीसँगको सहकार्य तथा क्रिकेटको विकास र अभिवृद्धिको विषयमा कुराकानी भएको हो ।



    नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आइसिसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष ग्रेग बार्कलेले जानकारी गराएका थिए।



    मन्त्री श्रेष्ठले आइसिसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार