Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रीतिलाई भेट्न अस्पताल पुगे युवा तथा खेलकुदमन्त्री विराजभक्त

    प्रीतिलाई भेट्न अस्पताल पुगे युवा तथा खेलकुदमन्त्री विराजभक्त

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 6.5K
    SHARES

    काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रीति राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    बुधबार पद तथा गोपनीयताको शपथ लिएका मन्त्री श्रेष्ठले वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीतिलाई बिहीबार बीएन्डबी अस्पतालमै पुगेर भेटेका हुन् ।



    प्रीतिले च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध चोटका कारण दोस्रो हाफपछि मैदान छाडेकी थिइन् । उनको दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो ।



    सोमबार ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले प्रीतिको सफल शल्यक्रिया गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार