Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • खेलकुदमन्त्री श्रेष्ठले भने – खेल प्रशिक्षक नै मानव तस्करीमा सक्रिय भए, २२ लाखसम्म लिन्छन्

    खेलकुदमन्त्री श्रेष्ठले भने – खेल प्रशिक्षक नै मानव तस्करीमा सक्रिय भए, २२ लाखसम्म लिन्छन्

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा कार्यरत प्रशिक्षक नै खेलाडीसँग मोटो रकम लिएर खेलाडीलाई विदेश पलायन गराउन सक्रिय रहेको बताएका छन् ।

    आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आयोजत प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले खेलकुद प्रशिक्षकले खेलाडीसँग २२ लाख रुपियाँसम्म लिएर विदेश पठाएको प्रमाण आफूले पाएको बताए । खेलकुदमा भएका बेतिथि हटाउन र स्वच्छ राख्न सबैको सहयोगको आवश्यक रहेको उनले बताए ।



    उनले राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका खेलाडीको आवासका‌ लागि पुल्चोकस्थित हालको मन्त्री क्वार्टर प्रयोगमा ल्याउन छलफल सुरु भएको पनि जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार