Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीप मेलामा १० हजार बढीले दिए आवेदन

    सीप मेलामा १० हजार बढीले दिए आवेदन

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 249
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् ।

    महानगरपालिले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् ।



    सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार फाराम भर्ने सबै जनालाई तालिम दिने तयारी गरिएको छ ।



    यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उनले जानकारी दिइन् । उनीहरूलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराइने योजना रहेको उनले बताईन् ।

    वैशाख २० गतेपछि फाराम भर्नेहरुको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिइन् ।

    विभिन्न वडाहरुबाट करिब तीन हजार दुई सय र टुँडिखेलमा आएर प्रत्यक्ष रुपमा फाराम भर्नेको सङ्ख्या गरी १० हजार बढी छ । फाराम भरेका मध्येबाट २ हजार ८१ लाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षसम्म तालिम दिइने उनले जानकारी दिइन् ।

    महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृद्धि’ अन्तर्गत सीप मेला सुरु गरिएको हो । मेलाका लागि महानगरले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघसँग सहकार्य गरेको छ ।

    मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको महानगरले जनाएको छ । १८ वर्ष उमेर पूरा भएका ५८ वर्ष समूहसम्मका व्यक्तिले तालिममा सहभागी हुन पाउने प्रमुख कोइरालाले जानकारी दिइन् । अनलाइनमार्फत विवरण भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार