Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

    निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 357
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

    यसका लागि महानगरले शनिबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।



    काठमाडौं महानगरले महानगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य उमेदवारका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको हो । सात दिनभित्र महानगरको सामाजिक विकास विभागमा आवेदन पेस गर्नुपर्नेछ ।



    नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाणपत्र, खरिदार र नायव सुब्बास्तरको कक्षाका लागि प्लस टु पास गरेको र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार