Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • कर नतिरेपछि एलओडीसहितका क्लबलाई महानगरपालिकाको ताकेता

    कर नतिरेपछि एलओडीसहितका क्लबलाई महानगरपालिकाको ताकेता

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 339
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मनरञ्जन कर नतिर्नेहरुमाथि ताकेता गरेको छ ।

    महानगरपालिकाले एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझबाट मनोरञ्जन कर असुल्न ताकेता गरेको हो ।



    महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई मनोरञ्जन कर तिर्न बुधबार ३५ दिने सूचना निकालेको हो ।



    जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले ९ मंसिर ०८० मा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख छ ।

    महानगरले यसअघि १६ फागुन ०८० मा रात्रिकालीन क्बल, डान्सबार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो । तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार