Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालिका बलात्कारको आरोपमा भोजपुरबाट एक जना पक्राउ

    बालिका बलात्कारको आरोपमा भोजपुरबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 267
    SHARES

    फाइल तस्विर

    भोजपुर । भोजपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    षडानन्द नगरपालिका-१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई पक्राउ गरेको हो।



    ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई बलात्कार गरेको उजुरी छ।



    सोही उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार