Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उदयपुर जीप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

    उदयपुर जीप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 432
    SHARES

    फाइल तस्विर

    भोजपुर । उदयपुरको बेलका ७ बाखाकुवामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मृत्यु हुनेमा सवारी चालक मानबहादुर बस्नेतको सनाखत भएको हो।



    अन्य १ जना ६–७ महिनाको बच्चासहित ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको छ । उनीहरूको सनाखत भने हुन सकेको छैन ।



    प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।

    धरानबाट भोजपुरका लागि छुटेको बोलेरो दुर्घटना भएको हो । को १ ज २५९३ नम्बरको बोलेरो बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

    मृत्यु हुनेको सनाखत हुन सकेको छैन । ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार