Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पेस्तोल देखाएर लुटपाट गर्ने सुमित प्रहरी फन्दामा

    पेस्तोल देखाएर लुटपाट गर्ने सुमित प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 531
    SHARES

    भोजपुर । पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    लुटपाट गरेको आरोपमा प्रहरीले टेम्के मैयुङ गाउँपालिका-१ तिम्मा बस्ने ३७ वर्षीय सुमित परियारलाई पक्राउ गरेको हो ।



    उनले आइतबार षडानन्द नगरपालिका वडा नम्बर २ बस्ने पासाङ ल्हामु शेर्पालाई जंगलमा पेस्तोल देखाएर सुनका गरगहना तथा नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।



    प्रहरीको टोलीले षडानन्द ९ स्थित भुल्केटोलस्‍थित जंगलजाने मुलबाटोबाट परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीमाथि सोधपुछ तथा उनको झोला खोलेर हेर्दा पेस्तोल र शेर्पाका गरगहना फेला परेको थियो।

    उनीबाट एउटा पेस्तोल, एउटा म्याग्जिन, ७ वटा गोली, सेतो प्लाष्टिकमा बेरिएको चार वटा गोली, ९ हजार रुपैयाँ बरामद भएको छ।

    यसअघि २०७६ फागुन २१ गते संगठित अपराध, आपराधिक उपद्रव, एनसेलको टावर आगजनी, जेसिबी आगजनी, राज्यविरूद्धको कसुर लगायत पाँच वटा मुद्दामा उनलाई ३ वर्ष ३ महिना कैद सजाय तोकिएको थियो।

    उनी उक्त सजाय भुक्तान गरी २०८० भदौमा कारागारबाट छुटेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार