Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरीमाथि कुटपिट गर्ने तीन जना पक्राउ

    प्रहरीमाथि कुटपिट गर्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 684
    SHARES

    फाइल तस्विर

    पोखरा । स्याङ्जाको प्रहरी चौकी थुमपोखरीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ गर्नेमा २५ वर्षीया काजी गुरुङ, २४ वर्षीय सुदीप गुरुङ र २८ वर्षीय रविन गुरुङ रहेका छन् ।



    उनीहरुले स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएका प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंहसहितको टोलीमाथि कुटपिट गरेका थिए ।



    झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि उनीहरुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाकाअनुसार सिंहसहित ३ जना प्रहरी घटनास्थलमा पुगेका थिए ।

    कुटपिटबाट असई सिंहको नाकमा चोटपटक लागेको र पोखरामा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार