Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरूषको मृत्यु

    स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरूषको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 855
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । स्याङ्जाबाट बुटवल आउँदै गरेका एक पुरूषको सडक दुर्घटनामा परी मृत्यु भएको छ।

    स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ का ४१ वर्षीय मोहनीलाल थापा शनिबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर १ बिरौटामा दुर्घटनामा परेका थिए।



    लु १४ प ८८७१ नम्बरको मोटरसाइकलमा सवार थापा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।



    उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार