Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रहरी हिरासतमै कुटिएको भन्दै चार थुनुवाले दिए उजुरी

    प्रहरी हिरासतमै कुटिएको भन्दै चार थुनुवाले दिए उजुरी

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 5.9K
    SHARES

    फाइल फोटो

    स्याङ्जा । स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ।

    आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो।



    गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न दीपेन्द्र अर्याल,अशोक श्रेष्ठ, रेशमबहादुर आले र मिलन कुँवरलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो।



    चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको उनीहरुले बताएका छन् ।

    कुटपिट मुद्दामा जिल्ला अदालतबाट सामान्य धरौटीमा छुटेपछि उहाँहरू न्यायका लागि जिल्ला प्रशासन र मानव अधिकार आयोगमा उजुरी गर्न पुगेका हुन्।

    हिरासतमा रहेका बेला प्रहरीले निर्घात कुटपिट गरेको उनीहरुले आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार