Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सामूहिक बलात्कार आरोपमा स्याङ्जाबाट दुई जना पक्राउ

    सामूहिक बलात्कार आरोपमा स्याङ्जाबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.6K
    SHARES

    स्याङ्जा । स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    अपांग महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका हुन् ।



    भदौ २० गते वौद्धिक अपांगता भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् ।



    जाहेरीपछि उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार