Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सर्लाही प्रहरीले एकैदिन पक्राउ गर्‍यो २०२ जना फरार प्रतिवादी

    सर्लाही प्रहरीले एकैदिन पक्राउ गर्‍यो २०२ जना फरार प्रतिवादी

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 588
    SHARES

    सर्लाही । प्रहरीले सर्लाहीमा एकैदिन २०२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले कुटपिट, जुवा, जालसाजी, डाँका तथा चोरी, जबरजस्ती करणी र भ्रष्टाचार लगायतका मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।



    साथै उनीहरूलाई सर्लाही जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाही लगायतका स्थानबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरी जिल्ला अदालत मलंगवा सर्लाहीमा बुझाएको बताइएको छ ।



    पक्राउ परेकाहरूबाट ५ दिनदेखि ३ वर्ष ६ महिनासम्म कैद र १०० रुपैयाँदेखि ३ लाख ६३ हजार रुपैयाँ जरिवाना असुलउपर हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार