Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकार सुशासन र समृद्धिको लक्ष्यसहित अघि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

    सरकार सुशासन र समृद्धिको लक्ष्यसहित अघि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 288
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको बताएका छन् ।

    काठमाडौंमा जाऊँ हिँड रेसुङ्गा अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले समृद्धिले नै विकासका बहु आयामिक सम्भावनाहरूको नेतृत्व गर्ने बताए । सानो लगानीमा राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटन भएको पनि बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको कुरा अवगत नै छ । त्यसमध्ये समृद्धि नै त्यस्तो क्षेत्र हो, जसले विकासका बहु आयामिक सम्भावनाहरूको नेतृत्व गर्दछ । ’

    प्रधानमन्त्री प्रचण्डले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए । उनले गुल्मी जिल्ला र रेसुङ्गा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको पनि बताए ।

    उनले पर्यटन क्षेत्रको विकासमा तीन तहकै सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । निजी, गैरसरकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा अझै पर्यटन क्षेत्रलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए।

    प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा धार्मिक, ऐतिहासिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय सम्पदा भएको बताए । रेसुङ्गा क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि ठुलो सम्भावना बोकेको क्षेत्र भएको बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार