Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बसले ठक्कर दिँदा स्याङ्जामा पैदलयात्रुको मृत्यु

    बसले ठक्कर दिँदा स्याङ्जामा पैदलयात्रुको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 453
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

    स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै बसले ठक्कर दिँदा अजित बोटेको मृत्यु भएको हो।



    माघे संक्रान्तिको दिन बिहान पौने नौ बजे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदलयात्रु बोटेलाई ठक्कर दिएको थियो ।



    सोही ठाउँका बोटेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार