Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अब पहुँचको भरमा कैद छुट र माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

    अब पहुँचको भरमा कैद छुट र माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 348
    SHARES

    बाँके । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा नहुने बताएका छन् ।

    बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताए।



    उनले दलका नेतालाई भनेर, प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न आग्रह गरे । गृहमन्त्री लामिछानेले राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने बताए ।

    उनले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताए ।

    गृहमन्त्री लामिछानेले देशमा अहिले डढेलोले दुःख दिएको बताउँदै डढेलो नियन्त्रणमा तिनै तहको सरकार मिलेर काम गर्नु पर्ने उल्लेख गरे ।

    नागरिकको समस्या समाधान गर्न मन्त्रालयले यसअघि नै मातहतका निकायमा निर्देशन दिइसकेको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार