Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जीबी राईको हत्या भइसकेको दाबी गर्ने डिल्लीराम प्रहरी फन्दामा

    जीबी राईको हत्या भइसकेको दाबी गर्ने डिल्लीराम प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

    जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।



    मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।



    झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    खनालले जीबी राईको हत्या भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए ।

    उनीमाथि प्रहरीले तीन दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार