Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जन्मकैदको सजाय पाएका तीन फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

    जन्मकैदको सजाय पाएका तीन फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 780
    SHARES

    मोरङ । प्रहरीले मोरङमा १६ वर्षअघि भएको हत्याको घटनामा संलग्न तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    अदालतले यसअघि नै जन्मकैदको फैसला सुनाइसकेका ३ जना प्रतिवादी घटना गराएको १६ वर्षपछि पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ ९साविकको रमिते गाविस–४० का ४८ वर्षीय जीतबहादुर राई, ४१ वर्षीय गंगा भनिने ज्ञानबहादुर राई र ४० वर्षीय लक्ष्मण राई रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले पक्राउ गरेको हो।



    गाउँघरमै लुकिछिपी बसिरहेका जीतबहादुर र ज्ञानबहादुरलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै लक्ष्मणलाई मंगलबार बिहान झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा पेस गरेको छ ।

    प्रहरीले पक्राउ गरेर बुझाएपछि ३ जनालाई नै कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतले जनाएको छ । साविकको रमिते गाविस–४ मा २०६४ जेठ २० गते राति ३८ वर्षीय सन्तोष राईको हत्या गरेको उनीहरुमाथि आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार