Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरियामा सेवा क्षेत्रको रोजगारीमा जान ३ हजार ५२८ जनाले दिए आवेदन

    कोरियामा सेवा क्षेत्रको रोजगारीमा जान ३ हजार ५२८ जनाले दिए आवेदन

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 333
    SHARES

    काठमाडौं । ईपीएस टपिक उत्तीर्ण गरेका ३ हजार ५२८ जनाले रोस्टर परिवर्तन गर्न आवेदन दिएका छन् ।

    कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरूले ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न आवेदन दिएका हुन् ।



    ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले एचडीआर सर्भिसबाट प्राप्त पत्र अनुसार २०२४ डिसेम्बर ३१ सम्म रोस्टर अवधि रहेकाहरूले कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक क्षेत्रबाट सर्भिस सेक्टरका परिवर्तन गर्न सूचना प्रकाशन गरेको थियो ।



    १४ देखि १८ वैशाखसम्म झण्डै ३५ सय जनाले यसका लागि आवेदन दिएका हुन् । मानव संशाधन विकास (एचआरडी) कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको ९ हजार ४२८ जनाको नामावलीसहितको तालिका पठाएको थियो ।

    पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न भने नपाइने भनिएको छ । सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप हुने छैन ।

    अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने छ । भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याललाई अनुरोध गरेका थिए । श्रममन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटकपटक छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार