Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने

    ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 252
    SHARES

    काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र परिवर्तन गर्न पाउने भएका छन् ।

    ईपीएस भाषा परीक्षा पास गरेर कोरिया जान नपाएकाहरूले सेक्टर परिवर्तन गर्न पाउने भएका हुन् । त्यसका लागि ईपीएस कोरिया शाखाले नौ हजार ४२८ जनाको सूची सार्वजनिक गरेको छ ।



    वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्ने दक्षिण कोरियाले मौका दिएको हो ।



    एचआरडी सर्भिस अफ कोरियाले २५ अप्रिल २०२४ अप्रिलमा ईपीएस शाखा कार्यालयलाई पत्र पठाउँदै उनीहरूलाई रोष्टर परिवर्तनको मौका दिएको छ ।

    कोरियन भाषा परीक्षा पास गरेर रोजगार आवेदन फाराम भरी रोष्टरमा रहेकाहरूलाई रोजगारदाताहरूले सर्भिस सेक्टर तर्फ रोष्टर परिवर्तन गर्न सकिने बताएको हो ।

    सूचीमा रहेका व्यक्तिले वैशाख १४ गते शुक्रबारदेखि १८ गतेसम्म ईपीएस कोरिया शाखामा दरखास्त दिनुपर्नेछ ।

    त्यसका लागि वेबसाइटमा रहेको नमुना फाराम पिन्ट गरी पूर्ण रूपमा आफ्नो विवरण भरेर फाराममा राहदानी अनुसारको दस्तखत गरी शाखाको इमेलमा पठाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार