Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वामदेव गौतमलाई इंगित गर्दै ओलीले भने – तपाईँको एकता महाअभियान सफल होस्

    वामदेव गौतमलाई इंगित गर्दै ओलीले भने – तपाईँको एकता महाअभियान सफल होस्

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 429
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्।

    वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष गौतमले आफू एमालेमा आत्मालोचनासहित फर्किन तयार रहेको बताएका थिए।



    अध्यक्ष ओलीले भने, ‘वामदेव कमरेडले उठाउनुभएको कुरा छलफल गर्ने थलो यो होइन । पछि हामी त्यसबारेमा छलफल गर्न सक्छौँ । वामदेवजीको एकताको भावना त्यो सकारात्मक छ । महाअभियान सफल होस् । शुभकामना ।’

    अध्यक्ष गौतमले आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार