Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अब सबै कम्युनिष्टहरु एकताबद्ध हुनपर्छ : वामदेव गौतम

    अब सबै कम्युनिष्टहरु एकताबद्ध हुनपर्छ : वामदेव गौतम

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 501
    SHARES

    काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले समृद्ध समाजवाद निर्माण गर्न सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्ने बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।



    उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए ।



    उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए ।

    गौतमले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिस्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताए ।

    उनले समाजवादी मोर्चामा दुई-तीन वटा पार्टी मात्रै नभई नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार