Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इलाम-२ को उपनिर्वाचनमा साढे १० बजेसम्म २० प्रतिशत मतदान

    इलाम-२ को उपनिर्वाचनमा साढे १० बजेसम्म २० प्रतिशत मतदान

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 228
    SHARES

    इलाम । उपनिर्वाचन अन्तरगत इलाममा भइरहेको मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ ।

    जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलाममा बिहान साढे १० बजेसम्म २० प्रतिशत मतदान भएको हो।



    उपनिर्वाचन भइरहेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अहिलेसम्म २० प्रतिशत मतदान भएको छ।



    सबै मतदान स्थल र मतदान केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको प्रहरीले जनाएको छ ।

    इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन्। यसपालि इलाममा ४२२ जना मतदाता थपिएका छन्।

    इलाम-२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएको छ। इलाममा ३९ मतदानस्थल सामान्य, २१ संवेदनशील र १९ मतदानस्थल अतिसंवेदनशील छन्।

    यस आधारमा इलाममा ४७२ जना प्रहरी सामान्य मतदानस्थलमा, २८९ प्रहरी संवेदनशील मतदानस्थलमा र ३१८ जना अति संवेदनशील मतदानस्थलमा खटिएका छन्।

    त्यस्तै ११ वटा मोबाइल गाडीमा ७७ जना प्रहरी परिचालन गरिएका छन्। मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार