Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुधार केन्द्रमा युवकको मृत्यु प्रकरण : अनुसन्धानका लागि सञ्चालकसहित १७ जना पक्राउ

    सुधार केन्द्रमा युवकको मृत्यु प्रकरण : अनुसन्धानका लागि सञ्चालकसहित १७ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 885
    SHARES

    कैलाली । कैलालीको एक सुधार केन्द्रमा युवकको मृत्यु प्रकरणमा सञ्चालकसहित १७ जना पक्राउ परेका छन् ।

    जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएपछि अुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।



    सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्याल सुखडले जनाएको छ । अरु १५ जना भने सुधार केन्द्रमा राखिएका व्यक्तिहरु हुन् ।



    सुधार केन्द्रले शाहीले भाग्नका लागि एक तले भवनको छतबाट बुधबार राति हाम फालेको दाबी गरिएको छ । मृतकका परिवारले घटना शंकास्पद रहेको जिकिर गरे ।

    शाहीलाई उनका अभिभावकले गत पुसमा सुधार केन्द्रमा राखेका थिए । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार