Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • रात्रि बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    रात्रि बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १७ का २३ बर्षीय सौगात वलीको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका – १७ सिस्नेखोलाको ओरालोमा राति पौने ९ बजे तुलसीपुरबाट–कठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकललाई ठक्कर दिएको थियो ।



    बसको ठक्करबाट गम्भीर घाइते वलीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    मोटरसाइकलको पछाडि सवार तुलसीपुर उपमहानगरपालिका– ११ बेलगनारका ३५ बर्षीय शरद लामिछाने घाइते छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार