Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सहकारी ठगीमा राप्रपाकी सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

    सहकारी ठगीमा राप्रपाकी सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 471
    SHARES

    काठमाडौं । सहकारी ठगीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की एक सांसद मुछिएकी छन् ।

    राप्रपा सांसद गीता बस्नेतमाथि पूर्वनवलपु स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको हो ।



    सांसद बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।



    सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेकोमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी स्रोतले बतायो ।

    सांसद सहितको समूहले डेढ करोड हिनामिना गरेको देखिएको छ भने सो रकम गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ ।

    बस्नेत समानुपातिकबाट राप्रपाको सांसद बनेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार