Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राप्रपाले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने

    राप्रपाले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 327
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ।

    मुख्यमन्त्री अधिकारीले आइतबार अपराह्न ३ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका बेला राप्रपाले विश्वासको मत नदिने भएको हो ।



    नेकपा एमाले गण्डकी संसदीय दल नेतासमेत रहेका अधिकारी गत चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।



    संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुई भन्दा धेरै दलको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।

    अधिकारी एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’को समर्थन थियो।

    गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र दिपक मनाङे गरी ६० जना सदस्य छन्।

    दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार