Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

    पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 210
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.ध्रुव कुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गरेका हुन्।



    विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्रीले उनीहरूलाई नियुक्त गरे।



    उनीहरूलाई सोही मेरिटोक्रेसी अनुसार नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

    यसअघि उपकुलपतिका लागि ३/३ जनाको सिफारिस आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार