Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मुस्ताङमा लेंक लागेर तीर्थालुको मृत्यु

    मुस्ताङमा लेंक लागेर तीर्थालुको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    जोमसोम । मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आएका एक तीर्थालुको लेंक लागेर मृत्यु भएको छ ।

    गुल्मी जिल्ला मालिका गाउँपालिका ४ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको सोमबार बिहान वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीधाममा पुजापाठ गर्ने क्रममा लेंक लागेर मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुस्ताङको धार्मिक स्थल कागबेनीधामको कालिगण्डकी किनारामा दिवंगत पितृको श्राद्ध,पिण्डदान र तर्पण दिनका लागि पूजापाठ र स्नान गरिरहेको बेला अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनी त्यही बेहोस भई ढलेका थिए ।



    त्यसपछि उनलाई प्रहरी र स्थानीयबासीको सहयोगमा कागबेनी स्वाथ्यचौकी पुर्‍याइएको थियो । बेहोस भई ढलेका लम्साललाई कागबेनी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि मुस्ताङ अस्पताल जोमसोम ल्याइएको थियो ।

    स्वास्थ्य चेकजाँच गर्ने क्रममा सोमबार बिहान ८ बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार