Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एमालेको विजय सभाबाट फर्केको गाडी दुर्घटना हुँदा १९ जना घाइते

    एमालेको विजय सभाबाट फर्केको गाडी दुर्घटना हुँदा १९ जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 411
    SHARES

    फाइल तस्विर

    इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा निर्वाचित नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको विजयी जुलुसबाट फर्किएको पिकअप गाडी दुर्घटनामा परेको छ ।

    इलाम बजारको सभामा सहभागी बनेकाहरूलाई लिएर फर्किरहेको को २ च ४४७ नम्बरको पिकअप गाडी मंगलवार साँझ इलाम नगरपालिका ५, बिब्ल्याँँटेमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।



    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



    उनीहरूलाई उपचारका लागि झापाको विर्तासीटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    इलाम नगरपालिका ५ का पिकअप चालक राजन खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार