Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 651
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ ।

    गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका-२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।



    छ जना साथीहरु पौडी खेल्न गएका थिए । राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए । बिहान १० स् ३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् ।



    रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रानासँगै पौडी खेल्न गएका उनका साथीहरूलाई प्रहरीले सोधपुछ थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार