Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुहाङको विजयी सभामा ओलीको भाषण – बाघको छोरा बाघ नभएर स्याल हुन्छ त ?

    सुहाङको विजयी सभामा ओलीको भाषण – बाघको छोरा बाघ नभएर स्याल हुन्छ त ?

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा सुहाङ नेम्वाङले र नेम्वाङको जिम्मा आफूले लिने बताएका छन् । इलाम–२ को उपनिर्वाचनको विजयी सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    ओलीले अनेक भ्रम फैलाइरहेका बेला सुहाङ नेम्वाङले अत्यधिक मतले विजयी हुनु सानो कुरा नभएको बताए । “सुहाङ नेम्वाङले राम्रो काम गर्नुहुन्छ । नराम्रो काम गर्नुहुन्न,” उनले भने ।



    नेम्वाङले चुनाव जितेपछि शिर झुक्न दिन्न भन्ने प्रतिबद्धता गरेको बताउँदै अध्यक्ष ओलीले ०४८ को मतदान जितेपछि आफूले गरेको प्रतिबद्धता स्मरण गरे ।



    एमालेमाथि उठेको प्रश्नको जवाफ कार्यकर्ताले दिएको उनले बताए । टिकट दिँदा सुवास नेम्वाङका छोरालाई टिकट दिएकोमा आपत्ति जनाएकोप्रति उनको संकेत थियो ।

    “अनेक प्रश्न उठेका थिए । हरेक प्रश्नको जवाफ व्यवहारबाट दिनुभएको छ,” उनले भने, “एमालेमा असन्तुष्टि हुन्छ । राजाको छोरा राजा हुन्छ , कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र उहाँको छोरा राजा हुन्छ ? उहाँ त संविधानको निर्माता, सांसद, एउटा योद्धा हुनुहुन्थ्यो । योद्धाको छोरा योद्धा नभएर बाघको छोरा बाघ नभएर स्याल हुन्छ त ?”

    उनले राजनीति भनेको एमालेसँग मात्रै भएको उनको दाबी छ । सुशासन र विकाससम्बन्धी नीति एमालेसँग भएको पनि उनले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार