Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ललितपुरमा डढेलो निभाउने क्रममा दुई जना घाइते

    ललितपुरमा डढेलो निभाउने क्रममा दुई जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 369
    SHARES

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

    मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका हुन् ।



    उनीहरूलाई उपचारको लागि कीर्तिपुर स्थित वन अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ ।

    आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार