Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ

    वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 279
    SHARES

    फाइल तस्विर

    ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा डढेलो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो ।



    ओखलढुंगा जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

    जिल्लाका वनमा डढेलोका घटना बढेसँगै प्रहरीले डढेलो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताए । गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार